शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सशस्त्रका आईजीपी र गृहसचिव लिएर गृहमन्त्री दार्चुलाको छाङरूमा

सशस्त्रका आईजीपी र गृहसचिव लिएर गृहमन्त्री दार्चुलाको छाङरूमा

गृहमन्त्री रामबहादुर थापा गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित दार्चुलाको छाङरू पुगेका छन्। 
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित दार्चुलाको छाङरू पुगेका छन्। 

काठमाडौंबाट सुर्खेतसम्म नेपाली सेनाको स्काइ ट्रक र त्यहाँबाट सेनाकै हेलिकप्टरमा टोली छाङरू पुगेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।

‘छाङरूमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरिँदै छ। आज भवनको शिलान्यास कार्यक्रम छ,’ उनले भने, ‘उक्त भवन शिलान्यास गर्न र निरीक्षण गर्न गृहमन्त्रीसहितको टोली त्यहाँ पुगेको हो।’

छाङरूमा सशस्त्रको बीओपी स्थापना गरेको सरकारले गुल्म स्थापना गर्ने निर्णय गरेसँगै त्यहाँ भवन निर्माण गर्न लागिएको हो। उक्त भवन निर्माणका लागि सरकारले १० करोड बजेट विनियोजन गरिसकेको छ। 

सशस्त्र प्रहरी नायव उपरीक्षक(डिएसपी)को कमान्डमा अब छाङरूमा १६० जनाको सशस्त्र प्रहरीको गुल्म स्थापना हुनेछ। 

गृहमन्त्रीसहितको टोलीले छाङरूमा भवन शिलान्याससँगै तिंकर लगायत आसपास क्षेत्रको हवाई निरीक्षणसमेत गर्ने कार्यक्रम छ। 

दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले अतिक्रमण गरेपछि नेपाली पक्षले पनि आफ्नो उपस्थिति जनाएको हो।

भारतीय पक्षले ती भूभाग समेटेर नक्सा जारी गरेको थियो। त्यसपछि नेपालले पनि भारतले आफ्नो भूमि अतिक्रमण गरेको भन्दै विरोध जनाएको थियो।

नेपाल सरकारले पनि अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। भारतसँगको विवाद कूटनीतिक माध्यमबाट समाधानका लागि पहल भइरहेको सरकारले प्रष्ट पार्दै आएको छ। 
 

प्रकाशित: Sep 25, 2020| 08:13 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।