शनिबार, भदौ १३, २०८३

पोखराको गुमनाम ‘जुम्ल्याहा झरना’  

कतिपय प्राकृतिक सुुन्दरता अझै पनि गुमनाम छन्, पोखराकै लागि अपिरिचित छन्।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

पोखरा– पोखरा भन्ने बित्तिकै अधिकांशले सुन्दर पर्यटकीय क्षेत्र भनेर बुझ्छन्। प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकाले पर्यटकीय राजधानी पनि भन्ने गरिन्छ। 

तर पोखरामै कतिपय प्राकृतिक सुुन्दरता अझै पनि गुमनाम छन्, पोखराकै लागि अपिरिचित छन्।   प्रचारप्रसार र संरक्षण हुन नसक्दा पर्यटकको मनै लोभ्याउने सम्भावना बोकेका यस्ता प्राकृतिक सम्पदाहरू उपयोगमा आउन सकेका छैनन्।  

यस्तैमध्येको एक प्राकृतिक सम्पदा हो पोखरा महानगरपालिका २८ मा रहेको जुम्ल्याहा झरना (रोयल ट्विन्स वाटर फल)। 

यो झरना प्रचार र व्यवस्थापनको अभावमा पर्यटकीय क्षेत्रका रुपमा प्रयोगमा आउन सकेको छैन।  यसको सुन्दर अस्तिवमा मानवीय गतिविधि जोडिन सकेको छैन।  

सुन्दर र मनमोहक जुम्ल्याहा झरना पोखरा महानगरपालिका २८ बाँस्तोला गाँउमा छ। तत्कालीन समयमा बेलायती राजकुमारले ट्रेकिङ गर्दै यही झरना भएर बेगनास ताल झरेका थिए। उनकै सम्मानमा झरनाको नामाकरण रोयल ट्विन्स वाटर फल राखिएको बताइन्छ। 

देशकै तेश्रो ठूलो बेगनासतालबाट आधा घण्टाको यात्रामा पुगिने यो झरनाबारे पोखराका धेरै मानिस अनविज्ञ छन। 

बेगनासको पानीको स्रोत चण्डी र ढडेरी खोलाको संगम स्थलमा यी दुई झरना छन्। दुई झरनासँगै रहेकाले जुम्ल्याहा झरना भन्ने गरेको स्थानीयबासी सुरजजंग राणा बताउँछन्। 

जुम्ल्याहा झरनामध्ये एउटाको उचाइ ६५ मिटर अग्लो छ भने अर्को झरना ५६ मिटर अग्लो छ। चर्चित पर्यटकीय गन्तव्य बेगनासताल नजिकै भए पनि अहिलेसम्म यी झरना ओझेलमा रहेको राणाले बताए। 

त्यसो त ३ वर्ष अघि संरक्षण पनि हुने, पर्यटक पनि भित्र्याउन सकिने भन्दै  स्थानीय युवाले यहाँ साहासिक खेल क्यानोइङको सुरुवात गरेका थिए। 

तर सम्बन्धित निकायको असहयोगका कारण अपेक्षा गरिएअनुसार पर्यटक यहाँ पुग्न नसकेको ट्रिप लङ टाक्स क्यानोइङ ट्रेक्सका सञ्चालक रोसन त्रिपाठी बताउँछन्। 

यस क्षेत्रमा यी दुई झरनाबाहेक अन्य दर्जनभन्दा बढी साना ठूला झरना छन्। झरनालाई भरपुर प्रयोग गरी वाटर फल ट्रेकिङको रूपमा पर्यटकीय गतिविधि बढाउन सकिने त्रिपाठी बताउँछन्।

झरनामा क्यानोइङ सञ्चालन भएदेखि छिटपुट आन्तरिक पर्यटकको गतिविधि बढ्न त थालेको छ तर त्यहाँ शान्त वातावरण र सुन्दर झरना बाहेक सामान्य खाजा खाने पसलसमेत छैनन्। 

प्रकृतिले जति सुन्दरता दिएको छ, त्यसको न स्थानीयले सदुपयोग गर्न सकेका छन् न पर्यटन विकासको जिम्मा लिएका संस्थाले नै। 

झरना पोखराको २८ नम्बर वडामा भए पनि बाटो ३१ नम्बर वडामा परेकाले समस्या भए पनि वडादेखि महानगरले वास्ता नगरेको राणा गुनासो गर्छन्। 

‘यहाँ सम्भावना पर्खेर बसेको भए पनि झरना र यस क्षेत्रको विकास तथा प्रचार भएको छैन,’ राणा भन्छन्, ‘हामी पोखरा महानगर भित्रको दुर्गमका बासिन्दा हौँ।’
 

प्रकाशित: Sep 25, 2020| 07:15 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।