चेन जिफङ विगत दुई वर्षदेखि हरेक दिन २ घण्टा जिम गरिरहेकी छन्। उनको शरीर नै यसको साक्षी छ।
चीन सरकारले ठूलो जनसंख्यालाई फिट हुनका लागि दिएको निर्देशनमा उमेरले ७० बसन्त टेक्नै लागेकी उनी उदाहरणको रुपमा छाएकी छिन्।
सांघाइकी हजुरआमा केही महिनायता चीनका विभिन्न ठाउँका मानिसका लागि सेलिब्रेटी बनेकी छिन्। उनको वर्कआउट नेसनल मिडियाका हेडलाइनसमेत बनिसकेका छन्।
२०१८ डिसेम्बरमा जिम जोइन गरेपछि तीन महिनामा नै उनले १४ केजी तौल घटाएकी थिइन्। अहिले उनले फ्ल्याट स्टोमक र टोन मसल बनाएकी छिन्। उनको शरीर खेलाडीको जस्तै बनिसकेको छ।
शरीर बनाएर नै उनले धेरै समर्थक बटुलिसकेकी छन्। सामाजिक सञ्जाल टिकटकमा उनलाई चार लाख १० हजारले फलो गरेका छन्। उनी आफ्नो अभ्यासको भिडियो टिकटकमा राख्ने गर्छिन्।
भिडियो सेयरिङ एप्लिकेसनमा उनको एक भिडियो एक मिलियन भन्दा धेरै हेरिएको छ। ‘म जबसम्म बाँच्नेछु तबसम्म वर्कआउट गरिरहने छु,’ संघाइको एक जिममा ६८ वर्षे चेनले एएफपीसँग भनिन्।

सरकारको सबै उमेरका मानिसलाई फिट राख्ने नीतिसँग उनको जीवनशैली मेल खाएपछि चीनका विभिन्न प्रदेशिक मिडियाले उनलाई प्राथमिकताका साथ स्थान दिएका छन्।
साथै यो वर्ष भने उनको जीवनशैली थप प्रेरक बन्यो। गतसालको अन्तिममा वुहानबाट कोराना भाइरस सुरु भएपछि मिडियाले उनलाई विभिन्न हेडलाइन बनाएर प्रचार गरे।
छिनमिन इभिनिङले उनलाई ‘हार्डकोर ग्रेन्डमा’ भनेर स्थान दिएको छ भने सिन्ह्वा न्युज एजेन्सीले ‘हेभी–लिफ्टिङ ग्रेन्नी’ भनेर स्थान दिएको छ। उनले कही टेलिभिजनहरुमा पनि देखिएकी छिन्।
उनले खाद्य कम्पनीमा काम गरेर रिडायर्ड जीवन विताइरहेकी छिन्। उनको स्वास्थ्य अवस्था विग्रँदै गएपछि एक व्यक्तिगत प्रशिक्षको सल्लाहमा उनले जिम जोइन गरेकी थिएन।

पछिल्लो वर्ष भने उनलाई डाक्टरले स्वास्थ्य राम्रो रहेको बताएका थिए। त्यसअघि उनीसँग जुध्न बोसोयुक्त लिभर, उच्च रक्तचाप र आँखाका समस्याहरु थिए।
तर जिम जान थालेपछि १४ वर्षे नातीसमेत भएकी हजुरआमाले आश्चर्यजनक तवरले शरीरको आयतन घटाइन्।
‘जिममा मानिसहरुले मलाई अच्चम लाग्दो तरिकाले हेर्ने गर्छन्। अक्सर उनीहरु मेरो उमेको मानिस जिममा एक्स्पेक्ट गर्दैनन्,’ उनले भनिन्।
उनले थपिन, ‘यदी मसल बलियो र शक्तिशाली भए यसले हाडलाई सुरक्षित राख्छन्। यदी तपाई लड्नुभयो भने पनि यसले सुरक्षा गर्छ। मलाई पनि एकपटक यस्तै भइको छ।’