शनिबार, भदौ १३, २०८३

किसानले गरेकाे चक्काजामका कारण भारत ठप्प 

भारतमा संसदका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा किसानहरु आन्दोलित भएका छन् । 
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं- भारतमा संसदका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा किसानहरु आन्दोलित भएका छन् । 

उनीहरुले आज भारतमा चक्काजामको घोषणा गरेका हुन्। किसानहरुको संगठन अखिल भारतीय किसान आन्दोलन समन्वय समितिले देशभर पूर्ण रुपमा चक्काजामको घोषणा गरेको हो।

चक्काजामका कारण पुरै भारत ठप्प भएको छ । भारतीय किसानको आन्दोलनको प्रभाव सबैभन्दा धेरै पञ्जाब र हरियाणामा परेको छ।

यो आन्दोलनमा राजनीतिक दलहरुले पनि साथ दिएका छन्। सरकार ल्याएको विधेयकले किसानलाई थप पीडित बनाउने किसान संगठनका नेताहरुको तर्क छ । 

भारतीय सरकारले यी विधेयक किसानको हितमा रहेको दाबी गर्दै यसबाट आम्दानी बढ्ने र बजारको समस्या हट्ने दाबी गरेको छ । तर, किसान संगठनहरुले भने  कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पने प्रयास स्वरुप विधेयक आएको भन्दै विरोध गरेका छन्। 

प्रकाशित: Sep 25, 2020| 04:25 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।