शनिबार, भदौ १३, २०८३

सेल्फी डाँडामा पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहान सडकमाथिबाट खसेको पहिरोको कारण वीपी राजमार्ग हुँदै पूर्व जाने र पूर्वबाट काठमाडौं आउने सवारीहरु बीच बाटोमै अलपत्र परेका छन्।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडा नजिकै पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध भएको छ । 

शुक्रबार बिहान सडकमाथिबाट खसेको पहिरोको कारण वीपी राजमार्ग हुँदै पूर्व जाने र पूर्वबाट काठमाडौं आउने सवारीहरु बीच बाटोमै अलपत्र परेका छन्। 

केहि समयअघिबाट पहिरो पन्छ्याउने काम सुरु भएको छ । दुवैतर्फको बाटो अवरुद्ध हुँदा एम्बुलेन्ससमेत रोकिएका छन् । 

पहिरो खसेपछि अवरुद्ध राजमार्ग खोल्नको लागि सडक विभागको तीन वटा जेसिबि प्रयोग भएको छ । करिब एक घण्टामा बाटो खुल्न सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

प्रकाशित: Sep 25, 2020| 03:40 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।