काठमाडौं- मंगलबारदेखि लगातार परेको वर्षाको क्रम आज (शुक्रबार)बाट रोकिएको छ ।
अब विस्तारै वर्षाको क्रम कम हुनुका साथै आकाश खुल्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो र अस्ति देशभरि नै झरी पारेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी कम पर्दै जाने महाशाखाका मौसमविद् वरुण पौडेलले नेपाल समयलाई जानकारी दिए ।
केही प्रदेशमा हल्का वर्षा भएपनि भोलिबाट आकाश खुल्ने उनले बताए । हाल कर्णाली प्रदेश र सुदुर(पश्चिम प्रदेशमा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश न १ प्रदेश न २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।
मौसमविद् पौडेलका अनुसार अहिलेको प्रणाली बाहिरिएसँगै मनसुन पनि बाहिरिने छ । सुदुरपश्चिम प्रदेशबाट मौसम खुल्दै गएको उनले जानकारी दिए । भोलिदेखि देशका अधिकांश स्थानको मौसम खुल्दै जाने उनले बताए ।
यस्तो हुनेछ तीन दिनको मौसम
असोज ९ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
असोज १० गते (शनिबार)
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थानहरू र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा मध्यम वर्षाको समेत संभावना रहेको छ।
राति : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थानहरू तथा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक दुइ स्थानहरुमा मध्यम देखि भारी वर्षाको समेत सम्भावना रहेको छ।
असोज ११ गते (आइतबार)
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानहरुमा स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक दुइ स्थानहरुमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ।
राति : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।