शनिबार, भदौ १३, २०८३

नेपालगन्जमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचाररत ५२ बर्षीय पुरुषको शुक्रवार विहान २ः२५ बजे मृत्यु भएको हो। 
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

बाँके- नेपालगन्जमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 

नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचाररत ५२ बर्षीय पुरुषको शुक्रवार विहान २ः२५ बजे मृत्यु भएको हो। 

मृतक नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ एकलैनी निवासी हुन् । उनी भदौ ६ गते दिउँसो कोरोना पोजेटिभ रिपोर्ट आएपछि सोही दिन राति ११ बजे अस्पतालमा भर्ना भएका थिए।  

उनको अवस्था बिग्रिदै गएपछि आइसियूमा राखेर उपचार हुँदै आएको थियो । मृतकको फोक्सोमा निमोनिया हुनुको साथै उच्च रक्तचाप समेत देखिएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी  दिए। 

यो सँगै बाँकेमा कोरोना संक्रमित १२ जनाको मृत्यु भएको छ।

प्रकाशित: Sep 25, 2020| 02:34 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।