शनिबार, भदौ १३, २०८३

ललितपुरमा एकै दिनमा ३ कोरोना संक्रमितको मृत्यु 

बिहीबार राति मेघा अस्पतालमा दुई र बयोधा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं- कोरोना संक्रमणबाट ललितपुरमा एकैपटक ३ जनाको मृत्यु भएको छ । 

बिहीबार राति मेघा अस्पतालमा दुई र बयोधा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकहरु सबै ७० वर्षमाथिका छन् । 

कोरोना संक्रमण देखिएपछि उपचारका लागि यहि असोज ६ गते भर्ना भएकी ललितपुरकी ७० वर्षीय महिलाको बिहीबार बेलुका मृत्यु भएको हो । उनी मेघा अस्पतालमा उपचाररत थिइन् । 

यस्तै मेघा अस्पतालमै उपचार गराउँदै आएका भक्तपुरका ७३ वर्षीय पुरुषको पनि बिहीबार राति मृत्यु भएको छ । कोरोना संक्रमित उनी असोज ५ गते अस्पताल भर्ना भएका थिए । 

त्यसैगरी, ललितपुरका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको बयोधा अस्पतालमा मृत्यु भएको छ । उनी ७ गते अस्पताल भर्ना भएका थिए। 

प्रकाशित: Sep 25, 2020| 01:55 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।