शनिबार, भदौ १३, २०८३

जिपसहित काठ तस्कर पक्राउ

बेदकोट नगरपालिका ७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जिपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। 
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

कञ्चनपुर– बेदकोट नगरपालिका ७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जिपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। 

जिपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले काठसहित बिहीबार दुई जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार काठ तस्करीमा संलग्न बेदकोट नगरपालिका ५ का २५ वर्षीय घनश्याम पन्त र शुक्लाफाँटा नगरपालिका–८ बस्ने २२ वर्षीय मोहन बोहरा छन्। 

जिपमा लुकाइछिपाइ राखेको पाँच फिट एक इन्च लम्बाइ, तीन इन्च उचाइ, चार इन्च चौडाइ भएका सालका १५ थान चिरान गरिएको काठ बरामद गरिएको प्रहरी उपरीक्षक थापाले बताए। 

बरामद काठ, जिप र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ। काठ र जिप गरी जम्मा १२ लाख ३० हजार मूल्यको छ।

प्रकाशित: Sep 25, 2020| 01:47 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।