शनिबार, भदौ १३, २०८३

बारबर्दियामा ५ दिन निषेध आदेश

 कोरोना भाइरस संक्रमितको संख्या बढेको भन्दै फेरि निषेध आदेश लगाउने क्रम सुरु भएको छ । 
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

बर्दिया- कोरोना भाइरस संक्रमितको संख्या बढेको भन्दै फेरि निषेध आदेश लगाउने क्रम सुरु भएको छ । 

बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन  नदिन पाँच दिनका लागि निषेध आदेश जारी गर्ने  निर्णय गरेको छ। 

शुक्रबार राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्म निषेध आदेश गर्ने निर्णय भएको नगरप्रमुख दुर्गाबहादुर थारुले जानकारी दिए। 

उनले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि निषेध आदेश जारी गर्ने निर्णय गरिएको बताए।

देशभर १२० दिन लामो लकडाउन, त्यसपछि पुनः करिब १ महिना लामो निषेध आदेश लगाइएको थियो । कोरोना भाइरस संक्रमणदर बढेको भन्दै पुनः निषेध आदेश लगाउने क्रम सुरु भएको हो । 

सरकारले संक्रिय संक्रमितको संख्या २५ हजार पुगे पुनः लकडाउन गर्ने जानकारी गराइसकेको छ।  
 

प्रकाशित: Sep 25, 2020| 01:31 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।