मंगलबार, साउन १९, २०८३

श्वासप्रश्वास सहज बनाइराख्न प्राणायाम

प्राणायाम भनेको श्वासप्रश्वासको अनुशासित क्रिया हो। प्राणायामले शरीरमा अक्जिनको अभाव पूर्ति गर्नका साथै मनलाई स्थिर र शान्त राख्न सघाउँछ।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

योग, प्राणायाम मानिसको शारीरिक र मानसिक स्वास्थ्यका लागि लाभदायी भएको वैज्ञानिक रुपमै प्रमाणित भइसकेको कुरा हो।

व्यस्त-अस्तव्यस्त दैनिकी, अस्वस्थ खानपान, अव्यवस्थित जीवनशैली, तनाव, दौडधुप आदिका कारण अनेक रोग निम्तिरहेका छन्। यसले गर्दा योग, प्राणायामको आवश्यकता झन् सान्दर्भिक भएको छ।

प्राणायामले शरीरमा शुद्ध वायु मिल्छ। फोक्सो, मुटुलगायत अंगहरुलाई सक्रिय बनाउँछ। रक्तसञ्चार प्रक्रियामा सघाउ पुग्छ। 

प्राणायाम आफ्नो अनुकूल जुन समयमा पनि गर्न सकिन्छ तरपनि बिहान-बेलुकाको समय बढी उपयुक्त हुन्छ। घर, अफिस, कार्यस्थल जहाँ पनि केही समय निकालेर प्राणायाम गर्न सकिन्छ।

प्राणायाम भनेको श्वासप्रश्वासको अनुशासित क्रिया हो। प्राणायामले शरीरमा अक्जिनको अभाव पूर्ति गर्नका साथै मनलाई स्थिर र शान्त राख्न सघाउँछ।

यस्ता छन् प्राणायामका फाइदा
– नर्भस सिस्टम मजबुत बनाउन सहयोग पुग्छ

– रोग प्रतिरोधी क्षमता बढ्छ

– दिमागको कार्यप्रणाली तेज बनाउन भूमिका खेल्छ

– मुटु बलियो बनाउन सहयो पुग्छ

– ब्लड प्रेसर सामान्य बनाइराख्न मद्दत पुग्छ

– श्वासप्रश्वास प्रणाली सहज बनाउँछ

– तनाव कम हुन्छ, मनमा शान्ति मिल्छ

– अनिद्राको समस्या समाधान हुन्छ

याे पनि पढ्नुस्
योगासन, प्राणायाम र ध्यानका लागि ३० मिनेट

 

प्रकाशित: Sep 25, 2020| 01:18 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्