आइतबार, असार २८, २०८३

पञ्जाबले बैंगलोरलाई फराकिलो अन्तरले हरायो

यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले आफ्नो दोस्रो खेलमा सहज जित निकालेको छ। 
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं- यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले आफ्नो दोस्रो खेलमा सहज जित निकालेको छ। 

खेलमा पन्जाबले बैंगलोरलाई ९७ रनको फराकिलो अन्तरले हराएको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २०७ रनको लक्ष्य पछ्याएको बैंगलोरले १७ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०९ रन बनायो। 

बैंगलोरका लागि वासगिन्टोन सुन्दरले सर्वाधिक ३० रन बनाए। त्यस्तै एबी डी बिलियर्सले २८ रन जोड्दा अरोन फिन्च २० र शिभम् डुबेले १२ रन लिए। बलिङतर्फ पन्जाबका लागि मुर्गान अश्विन र रवि विश्नोइले सर्वाधिक तीन–तीन विकेट लिए।  

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको थियो। 

पन्जाबका लागि कप्तान केएल राहुलले शतकीय पारी खेले। ६९ बल खेलेका राहुलले १४ चौका र ७ छक्काको सहयोगमा नटआउट १३२ रन बनाएका हुन्। त्यस्तै मयंक अग्रवालले २६ तथा निकोलस पुरानले १७ रन र करुन नैरीले १५ योगदान गरे। 

पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको पन्जाबले दोस्रो खेलमा सहज जित निकालेको हो। 

प्रकाशित: Sep 25, 2020| 00:37 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।