शनिबार, भदौ १३, २०८३

संवैधानिक परिषद् नेकपाको सचिवालय होइन : कांग्रेस 

नेपाली कांग्रेसले संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानको  व्यवस्थाभन्दा बाहिर नजान सरकारलाई आग्रह गरेको छ। 
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

काठमाडौं– नेपाली कांग्रेसले संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानको  व्यवस्थाभन्दा बाहिर नजान सरकारलाई आग्रह गरेको छ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति प्रकाशित गरी संवैधानिक निययुक्तिबारे प्रधानमन्त्रीलाई सजग गराएका हुन्। 

नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्ति गर्ने विषयमा जुन रूपमा आफूलाई संलग्न गरायो त्यसबाट संवैधानिक परिषद्को  गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्यत रहेको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषद्को गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको ठहर गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक राज्य व्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्त्व, मर्म एवं मूल्य हुन्छ र हुनु र्दछ भन्ने सरकारले नबुझ्नु दुःखद त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन।’

प्रकाशित: Sep 24, 2020| 13:04 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।