शनिबार, भदौ १३, २०८३

सुदूरपश्चिममा ३९ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५२० जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५२० जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३४९ जनाको परीक्षणमा कैलालीका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उप-महानगरपालिकाका विभिन्न वडाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यस्तै लम्कीचुहा नगरपालिका चार जना, गोदावरी नगरपालिकाका एक जना र जानकी गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै डोटी जिल्ला अस्पताल कोभिड–१९ प्रयोगशालामा १२९ जनाको परीक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाका २–२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

डडेल्धुरा अस्पताल कोभिड–१९ प्रयोगशालामा ४३ जनाको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालका अनुसार बैतडीका पुर्चौडी नगरपालिकाका ९ जना, पाटन नगरपालिका १ जना तथा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

एकै परिवारका १० जनामा कोरोना पुष्टि

कोरोना संक्रमित व्यापारीको सम्पर्कमा आएका एकै परिवारका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उप–महानगरपालिका–११ का एकै परिवारका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बिहीबार कोरोना संक्रमण पुष्टि भएका १० जना एकै परिवारको सदस्य रहेको धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए। 

वडा नम्बर ११ का कोरोना संक्रमित व्यापारीको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ गर्दा एकै परिवारका १० जनामा संक्रमण पुष्टि भएको उपाध्यायले बताए।

थप ३ प्रहरीमा कोरोना

धनगढीमा कार्यरत थप ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा थप ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

प्रकाशित: Sep 24, 2020| 11:27 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।