शनिबार, भदौ १३, २०८३

कोरोनामुक्त हुनेको संख्या ५० हजार नाघ्यो

आजको दिनमा देशभर सक्रिय संक्रमित १८ हजार ४३७ जना छन्। यीमध्ये संस्थागत आइसोलसनमा ८ हजार ६१४ जना र होम आइसोलेसनमा ९ हजार ८२३ जना छन्।
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमण भएर संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघेको छ।

आज बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ। यीमध्ये ५० हजार ४११ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्। कुल संक्रमितमा यो संख्या ७२.७ प्रतिशत हो। 

आजको दिनमा देशभर सक्रिय संक्रमित १८ हजार ४३७ जना छन्। यीमध्ये संस्थागत आइसोलसनमा ८ हजार ६१४ जना र होम आइसोलेसनमा ९ हजार ८२३ जना छन्।

पछिल्लो २४ घण्टामा १४ सय ९७ जना संक्रमित थपिएका छन् भने ४५७ जनामात्र संक्रमणमुक्त भएका छन्। त्यसैगरी १७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ४५३ पुगेको छ। 
 

प्रकाशित: Sep 24, 2020| 11:04 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।