शनिबार, भदौ १३, २०८३

काठमाडौंमा ६ सयभन्दा बढी संक्रमित थपिए

ललितपुरमा ९५ जना र भक्तपुरमा ५१ जना थपिएका छन्।
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १४ सय ९७ जना कोरोना संक्रमित थपिएकोमा सबैभन्दा बढी काठमाडौंमा थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंमा मात्रै ६०९ जना संक्रमित थपिएका छन्।

त्यसैगरी ललितपुरमा ९५ जना र भक्तपुरमा ५१ जना थपिएका छन्। केही समययता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या तीव्र रुपमा थपिइरहेको छ।

आजको दिनमा देशभर सक्रिय संक्रमित १८ हजार ४३७ जना छन्। संस्थागत आइसोलसनमा ८ हजार ६१४ जना र होम आइसोलेसनमा ९ हजार ८२३ जना छन्।

पछिल्लो २४ घण्टामा १४९७ जना संक्रमित थपिएका छन् भने ४५७ जनामात्र संक्रमणमुक्त भएका छन्। 

प्रकाशित: Sep 24, 2020| 10:47 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।