शनिबार, भदौ १३, २०८३

जुट मिल्सको पर्खाल भत्किएर एक महिलाको मृत्यु  

विराटनगर जुट मिल्सको पर्खाल भत्किएर किच्दा बिहीबार दिउँसो एक महिलाको मृत्यु भएको छ। 
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

विराटनगर– विराटनगर जुट मिल्सको पर्खाल भत्किएर किच्दा बिहीबार दिउँसो एक महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१५ की ५५ वर्षीया समेरुन निसा रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। 

घर नजिकैको भवन छेउमा रहेको कलमा पानी लिन गएकी महिलालाई गोडा धुँदै गरेको अवस्थामा पर्खाल लडेर किचेको डीएसपी राईले बताए। 

उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

क्वार्टर भवन जीर्ण हुँदा पनि मर्मत सम्भारका लागि चासो नदिनु मिल्स व्यवस्थापनको गम्भीर लापरबाही रहेको स्थानीय बासिन्दाको गुनासो छ। 
उनीहरुले व्यवस्थापनका कारण मानवीय क्षति हुने घटना निम्तिएको भन्दै दोषीमाथि कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिइनुपर्ने माग राखेका छन्। 
 

प्रकाशित: Sep 24, 2020| 10:44 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।