शनिबार, भदौ १३, २०८३

आज १४ सय ९७ जनामा कोरोना पुष्टि, ४५७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप १४ सय ९७ जनामा कोरोना पुष्टि भएको छ।
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १४ सय ९७ जनामा कोरोना पुष्टि भएको छ।

यो सहित नेपालमा कुल संक्रमितको ६९ हजार ३०१ पुगेको छ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ छ। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेसनमा ९८२३ जना रहेका छन्।

आज ११ हजार ४४९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। यो सहित नेपालमा कुल ९ लाख ५५ हजार ९२३ जनाको पीसीआर परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा ६ हजार ५६५ जना विभिन्न क्वारेन्टिनमा रहेका छन्।

हालसम्म नेपालमा कोरोना मुक्त भएर ५० हजार ४११ जना डिस्चार्ज भइसकेका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १७ जनाको मृत्यु भएको छ। यो सहित नेपाल कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ।

प्रकाशित: Sep 24, 2020| 10:40 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।