शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमा विवादबारे सूचना दिएको भन्दै हुम्लाका सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण

सीमा विवादबारे सूचना दिएको भन्दै हुम्लाका सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण

सुर्खेत– हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई सरकारले २४ घण्टे स्पष्टीकरण सोधेको छ।
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

सुर्खेत– हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई सरकारले २४ घण्टे स्पष्टीकरण सोधेको छ।

चीन–नेपाल सिमाना हुम्लाको नाम्खा गाउँपालिका वडा नं.६ लाप्चाक्षेत्र (लोलुङजोङ)मा चिनियाँ पक्षले भवनहरु निर्माण गरेको सूचना सञ्चारमाध्यमलाई दिएको भन्दै गृह मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको हो। 

‘तपाईंहरु (पत्रकार)ले गर्दा मेरो जागिर नै जान लागिसक्यो, अब म केही पनि सूचना भन्न सक्दिन,’ जिल्ला प्रशासन कार्यालयका हुम्लाका सूचना अधिकारीसमेत रहेका हमालले भने, ‘अनुमति बिना सूचना दिएको भन्दै मलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।’

हमालले दिएको सूचनाका आधारमा विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन–प्रशारण हुँदा काठमाडौँमा चीनबिरुद्ध प्रदर्शन भएको र दुई देशबीचको सम्बन्धमा विवाद ल्याएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो।

केही साताअघि हमाल जनप्रतिनिधिसँंग लाप्चामा पुगेका थिए। जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको भनाइलाई आधार मानेर चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन मन्त्रालयमा पठाइएको थियो।

सोही प्रतिवेदनको आधारमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीसहितको ३१ सदस्यीय टोली सीमा अनुगमन र हराएको भनिएको सिमास्तम्भ खोज्न नाकामा गएको छ। 

असोज ३ गते शनिबार सीमातर्फ गएको अनुगमन टोली अझै सदरमुकाम फर्किएको छैन । तर घटनास्थलको बास्तविकता बाहिर नआउँदै मन्त्रालयले हमाललाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको हो ।

यस्तै अनुगमन टोलिले हराएको भनिएको ११ नम्बर सीमास्तम्भसमेत भेटाएको छ । बर्षाैदेखि खोजबिन नगरिएको सीमास्तम्भ बुधबार दिउँसो भेटिएको हो । नाम्खा गाउँपालिका–६ टाकुलेमा हिउँ र माटोले पुरिएको अवस्थामा सीमास्तम्भ भेटिएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा)ले जानकारी दिए ।

उनका अनुसार ११ नम्बर सीमास्तम्भ चिनियाँ पक्षले भवन बनाएको लाप्चाबाट दुई दिनको पैदल दूरीमा छ। झण्डै पाँच हजार दुई सय मिटर उचाइमा ११ नम्बर सीमास्तम्भ छ ।

तर मार्किङ नहुँदासम्म चिनियाँ पक्षले भवन बनाएको स्थान नेपाल वा चीनको भनेर यकिन गर्न सक्ने अवस्था छैन । यद्यपी चीनले भने आफ्नै भूमिमा भवन बनाएको बताउँदै आएको छ।
 

प्रकाशित: Sep 24, 2020| 10:11 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।