शनिबार, भदौ १३, २०८३

कांग्रेस महामन्त्री कोइराला कोरोना संक्रमणमुक्त

नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला कोरोना संक्रमणमुक्त भएका छन्। 
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला कोरोना संक्रमणमुक्त भएका छन्। 

उनको अन्तिम स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ। 

कोइरालाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आफू कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका छन्। 

२३ भदौमा कोरोना भाइरस संक्रमण भएपछि उनी होम आइसोलेसनमा बसेका थिए। त्यसपछि स्वास्थ्यमा समस्या भएपछि उनलाई ओम अस्पतालको आइसोलेसनमा राखिएको थियो।

चिकित्सकको सल्लाहबमोजिम केही दिन होम आइसोलेसनमै बस्ने कोइरालाले जानकारी दिएका छन्। 

उनी त्यसपछि पार्टीको नियमित काममा फर्कनेछन्।

‘मेरो स्वास्थ्य अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु, पार्टीका साथीहरू, पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न चिकित्सक टिमलाई पुनः हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्।
 

प्रकाशित: Sep 24, 2020| 09:29 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।