शनिबार, भदौ १३, २०८३

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । आज अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे । 
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । आज अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे । 

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा बुधबार राति ९ः२० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो स्थानमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हो ।

सोही सडकखण्डको पाँच किलोमा सडक एकतर्फी सञ्चालनमा रहेको छ । उता पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सवारी साधन सञ्चालनमा आएको उनले जानकारी दिए।

केही दिनयताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी  छ ।
 

प्रकाशित: Sep 24, 2020| 07:34 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।