काठमाडौं– राप्रपाका तीन अध्यक्षको बैठकले विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय चाबहिलमा अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित बैठकले नेता निरन्जन थापाको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो।
समितिको सदस्यमा भक्ति सिटौला, श्याम शाही, राजु बस्नेत, रामशरण पाठक, भरतजङ्ग उप्रेती र चन्द्र काफ्ले रहेको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
समितिले एकता आधारपत्र बमोजिम विधान मस्यौदा बनाएर पेश गर्ने छ। त्यस्तै पार्टी सचिवालय कार्यव्यवस्था समितिको बैठक ११ असोजमा तोकिएको छ।