शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पुनर्निर्माणका लागि भारतद्वारा डेढ अर्बको सहयोग हस्तान्तरण

पुनर्निर्माणका लागि भारतद्वारा डेढ अर्बको सहयोग हस्तान्तरण

भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाललाई एक अर्ब ५४ करोड रुपैयाँ उपलब्ध गराएको छ।
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

काठमाडौं– भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाललाई एक अर्ब ५४ करोड रुपैयाँ उपलब्ध गराएको छ।

काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य खम्पाले उक्त सहयोग रकम बराबरको चेक अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई हस्तान्तरण गरेकी हुन्। 

मंगलबार भारतीय राजदूतावासले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको बिहीबार विज्ञप्तिमार्फत् जानकारी गराएको छ। 

आवास परियोजना अन्तर्गत भारत सरकारले १५० मिलियन अमेरिकी डलर अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो।

यसका लागि यसअघि नै ७२ मिलियन अमेरिकी डलर रकम उपलब्ध गराइसकिएको छ। 

गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी आवास पुनर्निर्माण गर्ने प्रतिबद्धता गरेको भारत सरकारले यस अन्तर्गत अहिलेसम्म ९२ प्रतिशत घरधुरीको पुनर्निर्माण भइसकेको विज्ञप्तिमा जनाएको छ। 

त्यस्तै ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता गर्ने प्रतिबद्धता गरेको छ। 

यस अन्तर्गत पहिलो किस्ता ४.२ मिलियन अमेरिकी डलर बराबरको रकम नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ। 
 

प्रकाशित: Sep 24, 2020| 07:12 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।