काठमाडौं– बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले २३७ जना विद्यालय नर्सको माग गरेको छ। मन्त्रालयले करारमा नियुक्ति गर्ने गरी आवेदन माग गरेको हो।
मन्त्रालयले ११८ वटा स्थानीय तहका लागि २ जनाका दरले २३६ जना र गोसाइँकुण्ड गाउँपालिकाका १ जना गरी २३७ जना विद्यालय नर्सको माग गरेको हो।
साथै सामाजिक विकास मन्त्रालयमा नर्सिङ अधिकृत सातौं तहको लागि विद्यालय नर्स संयोजक पनि माग गरिएको छ। योग्यता पुगेका नर्सले २१ दिनभित्र अर्थात् असोज २८ गतेभित्र आवेदन दिन सक्नेछन्।
अनलाइन आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ।