शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५ : फरार अभियुक्तको खोजीमा विशेष प्रहरी परिचालन 

प्रदेश ५ : फरार अभियुक्तको खोजीमा विशेष प्रहरी परिचालन 

भैरहवा– प्रदेश ५ का १२ जिल्लामा प्रहरीले फरार अभियुक्तको खोजी तीव्र पारेको छ।
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

भैरहवा– प्रदेश ५ का १२ जिल्लामा प्रहरीले फरार अभियुक्तको खोजी तीव्र पारेको छ।

विगतमा विभिन्न आपराधिक घटना गरी लामो समयदेखि लुकीछिपी बसेका र अदालतबाट कसूर ठहर भई कैद र जरिवाना ठहरेका अपराधीलाई पक्राउ गर्न विशेष प्रहरी नै परिचालन गरेको प्रदेश ५ प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) राजकुमार बैदवारले बताए । 

उनले भने, ‘फरार अपराधी पहिचान र पक्राउ अभियान अन्तर्गत हामीले विशेष प्रहरी नै परिचालन गरेका छौ । वैशाखयता ३३९ जना पक्राउ गरिसकेका छौं । अरुको खोजी कार्य तीव्र छ ।’

प्रदेश ५ प्रहरीले हालसम्म बाँकेका २७६ जना, दाङका २० जना, पाल्पाका १५ जना, अर्घाखाँचीका ८ जना, गुल्मीका ४ जना, पश्चिम नवलपरासीका ३ जना, कपिलवस्तुका ३ जना, रोल्पाका ३ जना, बर्दियाका २ जना, प्यूठानका २ जना, रुकुमका २ जना र रुपन्देही १  जनालाई पक्राउ गरेको छ ।  

प्रहरीले पक्राउ गरेका मध्ये अंश मुद्दाका ४ जना, कर्तव्य ज्यानका    ७ जना, कुटपिटका ३९ जना, वन अपराधका ७ जना, सार्वजनिक अपराधका    ४ जना, सवारी ज्यानका    १६ जना,  सम्बन्ध विच्छेदका २१ ज्ना, वहुविवाहका १२ जना र लेनदेनका ११ जना छन्।

हरेक जिल्लामा पक्राउ कमान्डर तोकेर अदालतसँग समन्वय गरी काम गरिरहेको प्रहरीले बताएको छ ।

‘हरेक दिन खोजि र पहिचान गरेर काम गरिरहेका छौं । २०५४ सालदेखि फरार रहेका व्यक्ति पनि पक्राउ गर्न प्रहरी सफल भएको छ,’  एसएसपी बैदवारले बताए, ‘अदालतबाट सजाय ठहर भएकाहरुलाई हामी ढिलोचाँडो पक्राउ गरेरै छाड्छौं । बरु आफैं प्रहरी सम्पर्कमा आए हुन्छ ।’ 

प्रकाशित: Sep 24, 2020| 05:52 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।