बुटवल- नवलपरासी र कपिलवस्तुका दुई जना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ।
बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा आज बिहान उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु हुनेमा कपिलवस्तु बुद्धभुमि नगरपालिका–६ का ५० वर्षिय पुरुष र नवलपरासी पश्चिम रामग्राम नगरपालिका–३ का ४९ वर्षिय पुरुष रहेको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा सुर्दशन थापाले जानकारी दिए ।
मृतक दुबैको भेन्टिलेटरमा उपचार हुँदै आएको थियो । कलेजोको समस्या भएका नवलपरासीका पुरुष भदौ २७ गते अस्पताल भर्ना भएका थिए भने २ गते भेन्टिलेटरमा राखिएको थियो।
सुगरको समस्या भएका कपिलवस्तुका संक्रमित भने असोज १ गते भर्ना भइ २ गतेदेखि भेन्टिलेटरमा उपचार गराउँदै आएका थिए।
डाक्टर थापाका अनुसार बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा१४ जना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ ।