शनिबार, भदौ १३, २०८३

घरेलु हतियार प्रहारबाट एकै घरका दुईसहित तीन घाइते 

ताप्लेजुङको सिरिजंघा गाउँपालिका ८ याम्फुदिनमा एकै घरका दुईसहित तीन जनालाई एक युवकले धारिलो हतियारले हानेर सिकिस्त घाइते बनाएका छन्। 
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

ताप्लेजुङ– ताप्लेजुङको सिरिजंघा गाउँपालिका ८ याम्फुदिनमा एकै घरका दुईसहित तीन जनालाई एक युवकले धारिलो हतियारले हानेर सिकिस्त घाइते बनाएका छन्। 

गतराति स्थानीय २२ वर्षीय लाक्पा भोटेले नजिकैका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पाशाङ भोटे र अर्का १८ वर्षीय छिरिङ भोटेलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाएका हुन्। 

तीनै जनालाई घरेलु हतियार बाम्फोकले टाउको, गर्धनलगायत भागमा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। घटनापछि लाक्पा भने फरार छन्। गम्भिर घाइते तीनै जनाको स्थानीय प्राथमिक स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ। 

तत्कालका लागि स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहे भए पनि त्यहाँ उपचार सम्भव नदेखिएकाले हेलिकप्टर चार्टर गरी अन्यत्र लैजाने तयारी भईरहेको स्थानीय पेम्बा भोटेले जानकारी दिए। 

घाइते फुटि भोटे लाक्पाकी ठूलीआमा हुन् भने पाशाङ तिनै ठूलीआमाका छोरा हुन्। अर्का चिरिङ भने काकाको छोरा रहेको स्थानीयले बताएका छन्। 

बेलुकी ठूलीआमाको घरमा पुगेका लाक्पा त्यही खाना खाएर बसेका थिए। त्यसपछि अचानक हतियार प्रहार गरी घाइते बनाएको स्थानीयले बताएका छन्। 

घटना स्थलमा प्रहरी चौकी याम्फुदिनबाट प्रहरीको टोली पुगेको छ भने इलाका प्रहरी कार्यालय तेल्लोकबाट समेत प्रहरीको टोली गईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रकाशित: Sep 24, 2020| 04:36 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।