शनिबार, भदौ १३, २०८३

भारतीय अवरोधका कारण पूर्ण भएनन् मुक्त हलियाका घर 

भारतीय सुरक्षाकर्मीको अवरोधका कारण भीमदत्त नगरपालिका ९ ब्रम्हदेवका तीन मुक्त हलिया परिवारले घर निर्माण गर्न पाएका छैनन्। 
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

कञ्चनपु– भारतीय सुरक्षाकर्मीको अवरोधका कारण भीमदत्त नगरपालिका ९ ब्रम्हदेवका तीन मुक्त हलिया परिवारले घर निर्माण गर्न पाएका छैनन्। 

सीमा क्षेत्र नजिकै वर्षौदेखि बसोवास गर्दै आएका मुक्त हलिया परिवारलाई भारतीय सुरक्षाकर्मीले घर निर्माणमा अबरोध गरेपछि घर बनाउने काम अधुरै रहेको हो। 

पुनः स्थापन कार्यक्रमअन्तर्गत सरकारले घर मर्मतका लागि रकम उपलब्ध गराएपछि झोपडीमा बस्दै आएका मुक्त हलिया परिवारले दुई वर्ष अघिदेखि घर निर्माणको काम सुरु गरेका थिए।

घर निर्माण सुरु गर्दा भारतीय सीमा सुरक्षा बलले आएर अबरोध गर्न थालेपछि रातको समयमा प्लास्टिक छानो राख्नेसम्म काम भएको हलिया परिवारकी कमला सार्कीले बताइन्। भनिन्, ‘छानो राख्न थालेपछि भारतीय सुरक्षाकर्मीले राख्न दिएनन् ।’

भारतीय सुरक्षाकर्मीले छानामा जस्तापाता राख्न नदिएपछि प्लाष्टिक राखेर मुक्त हलिया परिवार निर्माण गरिएको घरमा बस्दै आएका छन्। कमलाका अनुसार भारतीय सुरक्षाकर्मीले आफूहरूलाई सो क्षेत्र भारतमा पर्ने भन्दै घर बनाउन रोक्दै आएका छन्। 

‘भारतीय सुरक्षाकर्मीले घरमै आएर जग्गा खाली गर्नोस् भन्छन्,’ ७० वर्षीया लक्ष्मी सार्कीले भनिन, ‘भारतीय सुरक्षाकर्मीको धम्कीको बेवास्ता गर्दै रातिका बेला घर निर्माण गरेका छौँ। छानो राख्न नदिँदा यो वर्षातमा निकै समस्या भएको छ ।  पानी भित्र छिर्छ । अनिदोमै रात काट्नु परेको छ ।’

भारतीय सुरक्षाकर्मीले दैनिक घरमै पुगेर जग्गा छोड्न धम्की दिँदै आए पनि मुक्त हलिया परिवारहरू वर्षौदेखि बस्दै आएको जग्गा छोड्न तयार छैनन्। निर्माण गरिएको घरमा मुक्त हलिया परिवारले ढोकासमेत राख्न सकेका छैनन्। खुला ढोका भएको घरमै मुक्त हलिया परिवार बस्दै आएका छन्। 

‘नेपाली भूमिमै घर निर्माण गरेका छौँ,’ खडकबहादुर सार्किले भने, ‘यस क्षेत्रलाई छोडेर जादैनौँ । तीन दशक यसै ठाउँमा बिताएका छौँ। यो ठाउँ छाडेर अरु कुन ठाउँमा गएर बस्ने? जग्गा भनेको यत्ति हो।  यतिका वर्ष  यस ठाउँमा बसोवास गर्दा कसैले केही भनेनन्। हाल आएर भारतीय पुलिसले जग्गा छोड्न दबाब दिँदै आएका छन्।’ 

नेपाली जग्गामै घर रहेकाले हटाउन नहुने नेपाली शुरक्षा निकायले भन्दै आएको मुक्त हलिया परिवारको भनाइ छ। मुक्त हलिया परिवार विगत ३० वर्षदेखि यस क्षेत्रमा बस्दै आएका छन्। 

विवादास्पद टनकपुर बाँध नजिकै घरबासका लागि मात्रै मुक्त हलिया परिवारसँग जग्गा छ। मुक्त हलिया परिवार एलानी जग्गामा बस्दै आएका छन्। राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार मुक्त हलिया परिवार नेपाली भूभागमा वर्षौदेखि बस्दै आएकाले सरकारले पुनः स्थापन कार्यक्रम अन्तर्गत घर मर्मतका लागि रकम उपलब्ध गराएको बताउँछन। 

नेपाली भूभागमै बस्दै आएका मुक्त हलिया परिवारमाथि भारतीय शुरक्षा निकायले पटकपटक आएर धमक्याउने कार्य कदापी सैह्य नहुने उनले बताए।

पूर्वसीमा सर्भेक्षक मानसिंह भण्डारी मुक्त हलिया परिवार बस्दै जमिन आएको नेपाली भूभाग भएको बताउँछन। ‘मुक्त हलिया परिवार वर्षौदेखि त्यस क्षेत्रमा बस्दै आएका छन,’ उनले भने, ‘त्यो भूभाग नेपालको हो। टनकपुर बाँध निर्माण गर्दा भारतीय पक्षले सीमा स्तम्भ बाँध भित्र पारेपछि अनावश्यक बखेडा झिक्दै आएको छ।’ 

प्रकाशित: Sep 24, 2020| 04:21 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।