शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्युत् प्राधिकरणको गाडी खोलाले बगायो, एक कर्मचारीको मृत्यु, २ बेपत्ता 

विद्युत् प्राधिकरणको गाडी खोलाले बगायो, एक कर्मचारीको मृत्यु, २ बेपत्ता 

अविरल वर्षासँगै आएको बाढीले विद्युत् प्राधिकरणको पिकअप भ्यान बगाउँदा प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । 
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

कपिलवस्तु- अविरल वर्षासँगै आएको बाढीले विद्युत् प्राधिकरणको पिकअप भ्यान बगाउँदा प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । 

बा१ञ १०८९ नम्बरको पिकअप भ्यान खोलाले बगाउँदा सवारीचालक माधव पाण्डेको मृत्यु भएको छ । उनी गुल्मीको रेसुंगा नगरपालिकाको उपल्लो तम्घासकाका स्थायी बासिन्दा थिए । 

त्यस्तै, गाडीमा रहेका दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा विद्युत् प्राधिकरण जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र अर्काको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए । 

बुधबार विद्युत् लाइन बनाएर फर्किँदै गर्दा कपिलवस्तुको वाणगंगा नगरपालिका– ७ मोतीपुरस्थित कोइली खोलाले गाडी बगाएको थियो । 

पिकअप भ्यानमा चारजना विद्युत्का कर्मचारी र दुईजना सर्वसाधारण रहेका थिए । एकजना विद्युत्का कर्मचारी र दुईजना सर्वसाधारण पौडी खेलेर जोगिएको प्रहरीले जनाएको छ। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ता कर्मचारीको खोजी गरिरहेको छ ।
 

प्रकाशित: Sep 24, 2020| 03:05 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।