शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्याङ्जामा पहिरोले एकै घरका ८  जना बेपत्ता, २ को मृत्यु

स्याङ्जामा पहिरोले एकै घरका ८  जना बेपत्ता, २ को मृत्यु

अविरल वर्षाका कारण पहिरो खस्दा स्याङ्जामा घरभित्रै ८ जना पुरिएका छन् । वालिङ नगरपालिका वडा नम्बर १४ स्थित माया परियारको घर पहिरोले पुरिँदा ९ जना घर भित्रै परेका हुन् ।
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

पोखरा- अविरल वर्षाका कारण पहिरो खस्दा स्याङ्जामा घरभित्रै ८ जना पुरिएका छन् । 

वालिङ नगरपालिका वडा नम्बर १४ स्थित माया परियारको घर पहिरोले पुरिँदा ९ जना घर भित्रै परेका हुन् ।

बिहीबार बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीय समाजसेवी राजु कुँवरले जानकारी दिए ।  

१० जनाको परिवार रहेकोमा १ जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ भने १ महिलाको शव बाहिर निकालिएको हो । घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको प्रहरीले बताएको छ ।

प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै अविरल वर्षासगै आएको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलमा १ जनाको ज्यान गएको छ । पहिरोमा परि बाबुराम दमैका १६ वर्षे य छोरा विष्णुबहादुर परियारको मृत्यु भएको हो ।

प्रकाशित: Sep 24, 2020| 02:50 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।