आइतबार, असार २८, २०८३

आईपीएलः मुम्बइको पहिलो जित

कोलकत्ता नाइट राइडर्स (केकेआर)लाई हराउँदै साविक विजेता मुम्बइ इन्डियनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित निकालेको छ। 
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

काठमाडौं – कोलकत्ता नाइट राइडर्स (केकेआर)लाई हराउँदै साविक विजेता मुम्बइ इन्डियनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित निकालेको छ। 

अबुदाबीमा सम्पन्न खेलमा मुम्बइले ४९ रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन बनायो। 

१९६ रनको लक्ष्य पछ्याउँदै मैदान छिरेको केकेआर भने सम्पूर्ण ओभर खेल्दै ९ विकेटको क्षतिमा १४६ रनमा समेटियो।

यता मुम्बइको जितका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८० रन प्रहार गरे। उनले ३ चौका र ६ छक्काको सहायतामा ८० रन बनाए। 

त्यस्तै सूर्यकुमार यादवले ४७, शौरब तिवारीले २१ रन बनाए भने हार्दिक पाण्ड्याले ८ रन जोडे।

केकेआरको शिवम् मावीले २ विकेट लिए भने आन्द्रे रसेल र सुनिल नैरले समान एकएक विकेट लिए।

जवाफी ब्याटिङमा आएको तलकत्ताका तर्फबाट कुनै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। 

उसका लागि कप्तान दिनेश कार्तिकले ३० रन बनाए भने पट कमिन्सले सर्वाधिक ३३ रन बनाए। त्यस्तै नितिश राना २४ रनमै बाहिरिए।

बरु मुम्बइका ट्रेन्ट बल्ट, जेम्स पटिन्सन, जस्प्रित बुमराह र राहुल चाहरले समान २–२ विकेट लिए।

जितसँगै मुम्बइ इन्डियन्सले २ अंक जोडेको छ। अंकतालिकामा पञ्जाव, हैदराबाद र कलकत्ताबाहेक सबै टिमले समान २–२ अंक जोडेका छ। 

जसमा मुम्बइ र चेन्नईले २ खेलबाट एक हार र एक जित निकालेका छन्।  अन्य सबै टिमले एक खेल खेलेका छन्।
 

प्रकाशित: Sep 24, 2020| 01:36 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।