बुधबार, चैत ११, २०८२

‘मानसिक समस्या समाधानका लागि ६.७ प्रतिशत मानिस धामिझाँक्रीको भर पर्छन्’

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार २३ प्रतिशतले मात्र मानसिक समस्या समाधानका लागि चिकित्सक तथा अन्य व्यक्तिहरुको सहयोग लिएका छन्। 
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं– मानसिक समस्या भएका ६.७ प्रतिशत वयष्कले धामीझाँक्री प्रयोग गरेर उपचार गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ।

National life

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार २३ प्रतिशतले मात्र मानसिक समस्या समाधानका लागि चिकित्सक तथा अन्य व्यक्तिहरुको सहयोग लिएका छन्। 

परिषद्ले २०१९ जनवरीदेखि २०२० जनवरीसम्म एक वर्ष लगाएर सातै प्रदेशमा १५ हजार ८८ जना सहभागी गराएर सर्वेक्षण गरेको थियो। सर्वेक्षणमा १८ वर्षमाथिका ९ हजार २०० जना र १३ देखि १७ वर्षसम्मका ५ हजार ८८८ जना सहभागी थिए। 

सर्वेक्षणअनुसार १० प्रतिशत वयष्कमा आफ्नो जीवनकालमा कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयष्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाइएको छ। साथै १.१ प्रतिशतले आत्महत्याको सोच गरेको सर्वेक्षणले देखाएको छ। 

प्रदेशगत रुपमा हेर्दा बागमती प्रदेशका वयष्कमा सबैभन्दा धेरै अर्थात् ५.९ प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ। यो उमेर समूहमा पनि महिलामा बढी मानसिक समस्या देखिएको छ।

Laxmi sunrise bank
kumari

सर्वेक्षण अनुसार मानसिक समस्या भएका व्यक्तिले आफूलाई कुनै समस्या भएको छैन भन्ने सोचले गर्दा चिकित्सकको परामर्श लिन आवश्यक ठानेका छैनन्। साथै यस्तो समस्या आफैं समाधान हुन्छ भन्ने सोच उनीहरुमा रहेको पाइएको छ।

मानसिक समस्याको बारेमा अरुलाई सुनाउँदा आफू लज्जित हुने र अरुले पागल भयो भन्लान् भन्ने डरले समस्यालाई लुकाउने गरेको सर्वेक्षणले देखाएको छ। यस्ता समस्या कहाँ गएर देखाउने भन्ने जानकारी नपाएका कारण पनि मानसिक समस्याको समाधान नभएको सर्वेक्षणको निष्कर्ष छ। 

यस्तो छ सर्वेक्षणको नतिजा

प्रकाशित: Sep 23, 2020| 11:22 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्