शनिबार, असोज १७, २०८३

राष्ट्रपतिबाट बजेट विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवि भण्डारीले विनियोजन विधेयक २०७८ लाई प्रमाणीकरण गरेकी छन्।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– राष्ट्रपति विद्यादेवि भण्डारीले विनियोजन विधेयक २०७८ लाई प्रमाणीकरण गरेकी छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी पठाएको विनियोजन विधेयक (बजेट)लाई भण्डारीले बिहीबार साँझ प्रमाणीकरण गरेकी हुन्।

विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ। अध्यादेशको अवधि निष्क्रिय भएपछि भदौ ३१ गतेदेखि सरकारले खर्च गर्न पाएको थिएन।

सरकारले चालु आर्थिक वर्ष २०७८–०७९ का लागि १६ खर्ब ३२ अर्ब ८३ करोड को बजेट ल्याएको छ।

प्रकाशित: Sep 23, 2021| 18:21 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्