बुधबार, चैत ४, २०८२

पहिलो खेलमा चेनाईविरुद्ध राजस्थानको सानदार जित

यूएइमा जारी इन्डियन प्रिमियर लिगमा (आईपीएल)मा राजस्थान रोयल्सले तीन पटकको लिग विजेता चेन्नाई सुपर किङ्सलाई १६ रनले हराएको छ।
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं– यूएइमा जारी इन्डियन प्रिमियर लिगमा (आईपीएल)मा राजस्थान रोयल्सले तीन पटकको लिग विजेता चेन्नाई सुपर किङ्सलाई १६ रनले हराएको छ। 

National life

सारजहा मैदानमा भएको खेलमा राजस्थानले विस्फोटक ब्याटिङ गर्दै चेन्नाईलाई हराएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले टी २० मा पुरा ओभर खेल्दै ७ विकेटको क्षतिमा २१६ रन बनाएको हो। 

यता २१७ रनको लक्ष्य लिएर मैदान छिरेको चेन्नाईले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा २०० रनमा समेटियो।

राजस्थानको जितका लागि सन्जु समसनले सर्वाधिक ७४ रन बनाए। उनले १ चौका र ९ छक्का प्रहार गर्दै सो रन बनाए।

Laxmi sunrise bank
kumari

त्यस्तै कप्तान स्टिभ स्मिथले ४ चौका र ४ छक्का प्रहार गर्दै ६९ रन बनाए। त्यस्तै जोफ्रा आर्चर २७ रन बनाउँदै नट आउट रहे।

यता चेन्नाईका साम कुरनले तीन विकेट लिएर ८.२५ को इकोनोमी दिए। खेलमा लुंगी निगिदीले १४ को सर्वाधिक इकोनोमी प्रदान गरेका थिए।

जवाफी ब्याटिङमा आएको चेन्नाईका फाफ डुप्लेसिसले ७ छक्कासहित ७२ रनको योगदान दिए। 

त्यस्तै शेन वाट्सनले ३३, केदार ज्यादवले २२, मुरली विजयले २१ रन बनाए भने साम कुरनले १७ रनको योगदान दिए।
क्लबका कप्तन महेन्द्र सिंह धोनीले तीन छक्कासहित २९ रन बनाए।

यता राहुले तेवाहिताले तीन विकेट लिए भने जोफ्रा आर्चर, श्रेयस गोपाल र टोम कुरनले एकएक विकेट लिए।

राजस्थान रोयल्सले पछिल्ला पाँच खेलमा चेन्नाइलाई एक खेलमा मात्र पराजित गर्न सकेको छ। बाँकी ४ खेलमा पराजित भएको छ। 
राजस्थान रोयल्स गतसालको आईपीएलका दुवै खेलमा चेन्नाइसँग पराजित भएको थियो।
 

प्रकाशित: Sep 23, 2020| 02:57 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।