मंगलबार, साउन १९, २०८३

भरपूर पोषणका लागि ब्रेकफास्टमा मुंग स्प्राउट्स

यो ब्रेकफास्ट बनाउन तपाईंको समय धेरै खेर जाँदैन र पूरापूर पोषण पनि मिल्छ। अंकुरित मुंगले ब्लड सुगर बढ्न दिँदैन र तौल पनि नियन्त्रणमा राख्छ।
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

तपाईं बिहानको नास्ता अर्थात् ब्रेकफास्टमा के खानुहुन्छ ? विकल्प थुप्रै छन्। ब्रेकफास्टमा यस्तो आइटम लिनुहोस् जसले तपाईंलाई लामो समयसम्म एक्टिभ राखोस्। 

यसका लागि भिजाएर टुसा उमारेको मुंग दाल उपयुक्त विकल्प हो। यो बनाउन पनि सजिलो छ र पोषक तत्वले भरपूर पनि छ। 

मुंगको स्प्राउट्स बनाउनको लागि २–३ दिन अगाडि नै मुंग पानीमा भिजाएर राख्नुपर्छ। त्यसैले हरेकपल्ट अंकुरित मुंग उपयोग गरेपछि तुरुन्त अर्को भाँडोमा भिजाउन राखिहाल्नुुस्। 

यो ब्रेकफास्ट बनाउन तपाईंको समय धेरै खेर जाँदैन र पूरापूर पोषण पनि मिल्छ। अंकुरित मुंगले ब्लड सुगर बढ्न दिँदैन र तौल पनि नियन्त्रणमा राख्छ।

तपाईंलाई कब्जियत, पेटमा भारीपन वा अपचको समस्या छ भने अंकुरित मुंग निकै लाभदायी हुन्छ। यसमा रहेको प्राकृतिक फाइबरले तपाईंको पाचनतन्त्रलाई सफा राख्ने काम गर्छ।

शरीररमा जुनसुकै बेला भारीपन महसुस भइरहन्छ भने पनि ब्रेकफास्टमा मुंग स्प्राउट्स उपयोगी हुन्छ। किनकी यसले शरीरमा मेटाबोलिक रेट बढाउने काम गर्छ। साथै यसले शरीरलाई लामो समय उर्जा दिइराख्छ र तपाईं एक्टिभ महसुस गर्नुहुन्छ।

मुंग स्प्राउट्स बनाउन सजिलो छ। सबैभन्दा पहिलो अंकुरित मुंग राम्रोसँग पखाल्ने। त्यसपछि काटेको प्याज, टमाटर र हरियो धनियाँ हाल्ने। केही दाना बदाम पनि मिसाउन सक्नुहुन्छ।

आफ्नो स्वादअनुसार नुन, बिरेनुन, खुर्सानी, चाट मसला र कागती राखेर राम्रोसँग मोल्नुस्। स्वादिलो मुंग स्प्राउट्स तयार भयो। 
 

प्रकाशित: Sep 23, 2020| 01:12 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्