आइतबार, असार २८, २०८३

चेन्नाईलाई राजस्थानले दियो २१७ रनको विशाल लक्ष्य

यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले तीन पटकको विजेता चेन्नाई सुपर किंग्सलाई २१७ रनको विशाल लक्ष्य दिएको छ। 
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं – यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले तीन पटकको विजेता चेन्नाई सुपर किंग्सलाई २१७ रनको विशाल लक्ष्य दिएको छ। 

राजस्थानले विस्फोटक ब्याटिङ चेन्नाईलाई पछिल्ला तीन खेलकोभन्दा ठूलो लक्ष्य प्रदान गरेको हो।

राजस्थानले टी २० मा पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा २१६ रन बनाएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानका सन्जु समसनले सर्वाधिक ७४ रन बनाए। उनले १ चौका र ९ छक्का प्रहार गरे। 

त्यस्तै कप्तान स्टिभ स्मिथले ४ चौका र ४ छक्का प्रहार गर्दै ६९ रन बनाए। जोफ्रा आर्चर २७ रन बनाउँदै नट आउट रहे।

यता चेन्नाईका साम कुरनले तीन विकेट लिएर ८.२५ को इकोनोमी दिए। खेलमा लुंगी निगिदीले १४ को सर्वाधिक इकोनोमी प्रदान गरेका थिए।

राजस्थान रोयल्सले पछिल्ला पाँच खेलमा चेन्नाइलाई एक खेलमा मात्र पराजित गर्न सकेको छ भने बाँकी ४ खेलमा पराजित भएको छ। राजस्थान रोयल्स गत वर्ष आईपीएलका दुवै खेलमा चेन्नाइसँग पराजित भएको थियो।
 

प्रकाशित: Sep 22, 2020| 16:07 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।