बुधबार, चैत ४, २०८२

महिला खेलाडीसँग सेन्ट्रल कन्ट्रयाक्ट गर्ने क्यानको निर्णय

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले महिला खेलाडीसँग सेन्ट्रल कन्ट्रयाक्ट गर्ने निर्णय गरेको छ। 
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

 काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले महिला खेलाडीसँग सेन्ट्रल कन्ट्रयाक्ट गर्ने निर्णय गरेको छ। 

National life

चितवनमा मंगलबार सम्पन्न बैठकले १८ सिनियर महिला खेलाडीसँग कन्ट्रयाक्ट गर्ने निर्णय गरेको हो।

सेन्ट्रल कन्ट्रयाक्ट गर्ने १८ खेलाडीले तलब पाउने छ। जसमा श्रेणीअनुसार ए, बी र ‘सी’मा पर्नेले क्रमशः १५, १२ र १० हजार पाउनेछन्। 

यसअघि महिला खेलाडीले तलब पाएका थिएनन्। यो तलब २०२० को जनवरीबाटै लागू हुनेछ।

क्यान उपाध्यक्ष राजुबाबु श्रेष्ठकाअनुसार बैठकले १८ पुरुष खेलाडीको तलबको वर्गिकरण गर्ने निर्णय पनि गरेको छ। 

Laxmi sunrise bank
kumari

जसअनुसार ‘ए’मा पर्ने खेलाडीले ५० हजार, बी श्रेणीमा पर्नेले ४० हजार र ‘सी’मा पर्नेले ३० हजार तलब प्राप्त गर्ने छन्।

नयाँ तलब आईसीसीमा प्रस्ताव गर्ने श्रेष्ठले जानकारी दिए। त्यस्तै, क्यानले असोज २८ गते भर्चुअल साधारणसभा गर्ने भएको छ। 

त्यसैगरी, बाङ्लादेशमा भएको टी २० विश्वकप २०१४ मा उत्कृष्ट प्रदर्शन गरेका पारस खड्काले पाउने टोयटा कारका लागि क्यानले कर छुटमा पहल गर्ने भएको छ।

बैठकले खेलाडीको बीमाका बारेमा पनि निर्णय गरेको छ। ललितसिंह भण्डारी दुर्घटनामा परेपछि भैपरी आउने घटनाबारे पनि सोच्नुपर्ने भएको श्रेष्ठले जानकारी दिए। 

बीमाको लागि कोषध्यक्ष रोशन सिंहसहित छुम्बी लामा र दुर्गाराज पाठक रहेको समिति गठन गरिएको छ। यसले खेलाडीसहित मैदानमा खटिने कर्मचारीको स्वास्थ्य जीवन बीमा गराउने छ।

त्यस्तै, बोर्डले राष्ट्रिय टीमका कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षक जगत टमाटासँग पनि छलफल गरेको छ। बैठकपछि मल्लले कोरोनापछिको क्रिकेट र एकदिवसीय मान्यता कायम राख्नको लागि गर्न सकिने अभ्यास र पहलको बारेमा छलफल भएको बताएका छन्।

साथै, राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरेर क्यानले मंसिरसम्ममा सिनियर पुरुष र महिला क्रिकेट प्रतियोगिताका लागि पहल गर्ने निर्णय गरेको छ। यसका लागि क्यानले क्लोज क्याम्पको प्रयास गर्ने निर्णय गरेको बताएको छ।
 

प्रकाशित: Sep 22, 2020| 15:44 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।