आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भिडाल इन्टरमा, शनिबार फियोरेन्टिनाविरुद्धको टिममा पर्नसक्ने

भिडाल इन्टरमा, शनिबार फियोरेन्टिनाविरुद्धको टिममा पर्नसक्ने

बार्सिलोनाका मिडफिल्डर आर्थुरो भिडाल इटालिनय क्लब इन्टर मिलानमा अनुबन्ध भएका छन्। उनी एक मिलियन यूरोमा क्याटलान क्लब पुगेका हुन्।
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं– बार्सिलोनाका मिडफिल्डर आर्थुरो भिडाल इटालिनय क्लब इन्टर मिलानमा अनुबन्ध भएका छन्। उनी एक मिलियन यूरोमा क्याटलान क्लब पुगेका हुन्।

इन्टर मिलानले आउँदो शनिबार घरेलु मैदानमा फियोरेन्टिनाको आतित्थ्यता स्वागत गर्दैछ। त्यस्तै इन्टरले भिडाललाई छिटो खेलमा सहभागी गराउने तयारीसमेत थालेको छ।

चार सिजन युभेन्टसमा रहेर ३३ वर्षे भिडालले यसअघि पनि लगातार तीन सिरी ए उपाधि जितिसकेका छन्।

त्यस्तै उनले, दुई सिजन ला लिगा साइडमा बिताएका छन् भने तीन सिजन जर्मन बुन्डेलिगा क्लब बार्यन म्युनिखमा खेलेका छन्।

उनी इन्टरमा अनुबन्ध भएसँग अभ्यासमा सक्रिय भएको इटालियन मिडिया गजेटा डेलो स्पोर्टले जनाएको छ। उनी कोमो प्रान्तको एप्पियानो जेन्टिलमा टिमबा बाँकी सदस्यहरुसँग देखिएका छन्।

प्रशिक्षक एन्टोनी कोन्टेले निर्णय गरेमा आइतबार इटाली पुगेका भिडाल आउँदो शनिबारको खेलमा सहभागी हुनेछन्। उनलाई आइतबार बिहान मेडिकल टेस्ट गराएर सोही दिन साँझ अनुबन्धको प्रकृया सुरु गरिएको थियो।
 

प्रकाशित: Sep 22, 2020| 11:52 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।