बुधबार, चैत ४, २०८२

धोनी भर्सेस स्मिथ : आईपीएलको हेड टु हेडमा चेन्नई बलियो

अष्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथको टिम राजस्थानलाई महेन्द्रसिंह धोनीको टिम चेन्नईसँग पछिल्लो पाँचमध्ये पराजय भोगेको चार खेलको बदला लिने अवसर पनि छ।
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं– १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज(मंगलबार) चौथो खेल हुँदैछ। नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुने खेलमा चेन्नई सुपर किंग्स(सीएसके)ले राजस्थान रोयल्स (आरआर)सँग प्रतिस्पर्धा गर्दैछ।

National life

अष्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथको टिम राजस्थानलाई महेन्द्रसिंह धोनीको टिम चेन्नईसँग पछिल्लो पाँचमध्ये पराजय भोगेको चार खेलको बदला लिने अवसर पनि छ।

पछिल्लो सिजनमा पनि चेन्नईले राजस्थानलाई दुवै खेलमा हराएको थियो। यता, उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियनविरुद्ध जित निकालेर दमदार सुरुवात गरेको चेन्नईसँग राजस्थान पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछ।

यस मानेमा नियमित कप्तान स्टिभको साथ उत्रने टिमले यो सिजन यूएईको पीचको अनुभव गरिसकेको छैन। पछिल्लो समय टाउकाको चोटका कारण स्टिभले अभ्यासमा पर्याप्त समय दिन पाएका छैनन्।

तीन पटक (२०१०, २०११ र २०१८)को च्याम्पियन सीएसकेले आजका खेलमा जित निकाल्न सके ३ टिमलाई १५ पटकभन्दा धेरै पटक हराउने दोस्रो टिम बन्नेछ। यसअघि मुम्बईले ३ टिमलाई १५ पटक भन्दा धेरै हराएको छ। 

Laxmi sunrise bank
kumari

तर, पछिल्लो वर्षको च्यम्पियन मुम्बईलाई २०१९ को सिजनमा दुई खेलमै हराएको राजस्थान यो वर्ष उपाधि दावेदारीका साथ मैदान प्रवेश गरेको छ। आरआरमा दुई उम्दा युवा खेलाडीसमेत छन्। यदि यूएईको पिचमा स्पिन बल रिड गर्न सके राजस्थानले जित हात पार्न सक्नेछ।

हेड टू हेड
 

आईपीएलमा राजस्थान र चेन्नईको २२ प्रतिस्पर्धा भएका छन्। जसमा १४ खेल चेन्नईले जितेको छ भने ८ खेलमा राजस्थान रोयल्सले जित निकालेको छ। राजस्थानमाथि चेन्नईको सफलता दर ६३.६ प्रतिशत छ।

त्यस्तै, आईपीएलमा सीएसकेको सफलता दर ६१.५१ प्रतिशत छ भने राजस्थानको सफलता ५१.३७ प्रतिश छ।

यी दुवै टिमले सन् २०१४ अप्रिल २३ मा यूएईमा पहिलोपटक लिग चरणमा प्रतिस्पर्धा गरेका थिए।

मैदानको अवस्था

शारजहामा भएका १३ टी–२० मध्ये ९ खेलबाट पहिलो इनिङमा ब्याटिङ गरेको टिमले जित निकालेको छ। क्रिकेट पण्डितका अनुसार स्पिनर्सका लागि क्रिकेट पीच उपयुक्त रहने छ।

मैदान वरपरको वातावरणको तापक्रम २८ देखि ३९ डिग्री सेल्सियसबीच रहनेछ। यसकारण बलरलाई सहयोग मिल्न सक्नेछ। साथै स्लो विकेट रहेका कारण स्पिनर्सलाई पनि सजिलो हुनेछ।

टस जित्ने टिमले ब्याटिङ रोज्ने सम्भावना धेरै छ। यो मैदानमा पहिलो पारीको औषत १४९ छ भने दोस्रो पारीको औषत १३१ छ।

यस्तो छ सम्भावित प्लेइङ इलेवेनः

राजस्थान रोयल्सः स्टिभ स्मिथ (कप्तान), यशस्वी जयसवाल, सन्जु सैमसन, डेबिड मिलनर, रबिन उथप्पा (विकेटकिपर), श्रेयस गोपाल, टम करन, जयदेव उनादकट, जोफ्र आर्चर, राहुल तेवतिया र वरुण आरोन

चेन्नई सुपर किंग्सः महेन्द्र सिंह धोनी (कप्तान) शेन वाट्सन, फाफ डू प्लेसिस, अम्बाती रायडू, रविन्द्र जाडेजा, सेम करन, शार्दुल ठाकुर, पियुष चावल, दिपक चाहर, लुंथी निगिदी

प्रकाशित: Sep 22, 2020| 09:25 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।