आइतबार, असार २८, २०८३

इटालियन ओपनको उपाधि जोकोविच र सिमोना हालेपलाई

विश्व टेनिस वरियताको शीर्षस्थानमा रहेको खेलाडी नोभाव जोकोविचले सर्वाधिक ३८ पटक मास्टर टाइटल जितेका छन्। उनले इटालियन ओलमा डियागो स्वार्चमेनलाई हराउँदै इटालियन ओपनको टाइटल जितेका हुन्।
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं- विश्व टेनिस वरियताको शीर्षस्थानमा रहेको खेलाडी नोभाव जोकोविचले सर्वाधिक ३८ पटक मास्टर टाइटल जितेका छन्। उनले इटालियन ओलमा डियागो स्वार्चमेनलाई हराउँदै इटालियन ओपनको टाइटल जितेका हुन्।

उनले स्वार्चमेनलाई ७–५ र ६–३ को सेटमा हराउँदै २–० को साझो सेटमा हराएका हुन्। ३३ वर्षे जोकोविचले अर्का खेलाडी राफेल नाडलको रेकर्डसँग बराबरी गरेका छन्। 

‘म धेरै खुसी छु,’ उनले उपाधि जितेपछि भने। ‘यो मेरोलागि उत्कृष्ट हप्ता रह्यो, धेरै चुनौतिपूर्ण हप्ता पनि रह्यो। मलाई लागिरहेको थिएन कि म यो हप्ता राम्रो गर्न सक्नेछु तर मैले क्षमताको पूर्ण प्रयोग गर्न सकेँ,’ उनले भने।

सर्वियन खेलाडी जोकोविचले भर्खरै अमेरिकामा सम्पन्न यूएस ओपनमा लाइन जजलाई बलले हिर्काएपछि डिक्वालिफाइड भएर प्रतियोगिताबाट बाहिरिएका थिए। त्यसपछि उनी इटालियन ओपनमा सहभागी बनेका हुन्।

इटाली सरकारले रंगशालामा हजार जना दर्शकको उपस्थिति खुल्ला गरेपछि सामाजिक दुरी पालना गरेर दर्शकले खेल हेरेका थिए।

त्यस्तै महिलातर्फको उपाधि विश्व महिला टेनिस वरियताकी सिमोना हालेपले जितेकी छिन्। प्रतियोगिताकै दौरान फाइनलिस्ट किरोलिना प्लिस्कोवा चोटग्रस्त बेलपछि हालेपले उपाधि जितेकी हुन्।

हालेप प्रतियोगितामा ६–० र २–१ ले अघि थिइन्। त्यसपछि करोलिना बाहिरिनु परेपछि प्रतियोगिता हालेपले जितेकी हुन्। उनले इटालियन ओपनको उपाधि पहिलो पटक जितेकी छन्।

तर फाइनल खेल पुरा नभएकाले प्रतियोगितापछि आउँदो फ्रेन्च ओपनको फाइनलमा पनि भेट हुने आशा व्यक्त गरिन्।
 

प्रकाशित: Sep 22, 2020| 04:49 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।