आइतबार, असार २८, २०८३

ग्वार्डिओलालाई सिजनको पहिलो सफलता

इंग्लिस प्रिमियर लिग(ईपीएल)मा प्रशिक्षक पेप ग्वार्डिओलोका टिम म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ। वुभ्स्को मोलिनेक्स रंगशालामा सम्पन्न खेलमा सिटीले घरेलु टिमलाई ३–१ गोलअन्तरले हराएको हो।
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं- इंग्लिस प्रिमियर लिग(ईपीएल)मा प्रशिक्षक पेप ग्वार्डिओलोका टिम म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ। वुभ्स्को मोलिनेक्स रंगशालामा सम्पन्न खेलमा सिटीले घरेलु टिमलाई ३-१ गोलअन्तरले हराएको हो।

जितका लागि केभिन डि ब्रुन, फिल फोडेन र ग्याब्रियल जेससले गोल गरे। खेलको २० औं मिनेटमा वुल्भ्सका डिफेन्डरले डि ब्रुनलाई लडाएपछि सिटीले पेनाल्टी पाएको थियो। सोही अवसरको सदुपयोग गर्दै डि ब्रुनले पहिलो गोल गरे।

३२ औं मिनेटमा रहिम स्टार्लिङले दिएको पासलाई सदुपयोग गर्दै फिल फोडेनले गोल गरे। पहिलो हाफमै दुई गोलले अघि रहेको टिमले दोस्रो हाफमा पनि एक गोल थप्यो।

डि ब्रुनको पासमा ग्याब्रियल जेससले अतिरिक्त समयमा गोल गर्दै सिटीको खातामा तीन गोल जम्मा गरे। त्यसअघि, ७८ औं मिनेटमा वुल्भ्सका राउल जिमिनेजले सान्त्वना गोल गरे।

सोमबार रातिको खेलमा जित निकाल्दै सिटीले तीन अंक जोडेको छ भने दोस्रो खेलमा पराजित वुल्भ्सले पहिलो खेल जित्दै तीन अंक जोडिसकेको छ।

इंग्लिस प्रिमियर लिगमा आज कुनै खेल छैनन्।
 

प्रकाशित: Sep 22, 2020| 01:12 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।