बुधबार, चैत ११, २०८२

तौल घटाउन मरिचको चिया लाभदायी

मरिचका कैयौं विशेषता छन्। त्यसमध्येको एउटा हो– तौलमा नियन्त्रण।
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

तपाईं–हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला हो– मरिच। कतिपयले तरकारी, अचारमा मरिचको धुलो प्रयोग गरेको पाइन्छ भने कसैले चिया मसलाको रुपमा प्रयोग गर्छन्। 

National life

मरिचका कैयौं विशेषता छन्। त्यसमध्येको एउटा हो– तौलमा नियन्त्रण। तौल घटाउन मरिचको चिया अत्यन्तै फाइदाजनक हुन्छ। यसको नियमित सेवनले शरीरमा इम्युनिटी पावर बढ्नुका साथै मेटाबोलिज्म पनि बढ्छ, जसले मोटोपन हुन दिँदैन। 

कालो मरिचमा भिटामिन र मिनरल पनि पाइन्छ। यो एउटा सुपरफुड नै हो। यसले शरीरमा कैयौं बिरामी हुनबाट जोगिन मद्दत पुग्छ। 

कालो मरिचमा क्याल्सियम, पोटासियम, सोडियमका साथै भिटामिन ए, सी र के पनि पाइन्छ। एक अध्ययनका अनुसार कालो मरिचमा हुने थर्मोेजेनिक इफेक्टले क्यालोरी बर्न गर्न मद्दत पुग्छ। 

दैनिक एक कप मरिचको चिया सेवन गर्ने हो भने बारम्बार भोक लाग्दैन। भोक नलागेपछि खाइराख्नु परेन। कम खाएपछि मोटोपनबाट बच्न सकिन्छ। 

Laxmi sunrise bank
kumari

कालो मरिचमा पिपेरिन कम्पाउन्ड पनि पाइन्छ। यसले पाचन शक्ति बढाउँछ। यसले शरीरमा जम्मा भएको बोसो घटाउँछ र तौल नियन्त्रण गर्न सहयोग पुग्छ।

मरिचको चिया स्वास्थ्यका लागि निकै लाभदायी छ। तर, यसको सेवन निश्चित मात्रामा गर्नुपर्छ। दैनिक एक कपभन्दा बढी चिया खानु हुँदैन। अधिक सेवनले ग्यास्ट्रिकको समस्या हुनसक्छ।  
 

प्रकाशित: Sep 22, 2020| 01:06 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्