आइतबार, असार २८, २०८३

इब्राहिमोविचको २ गोलमा मिलानको जित

जलाटन इब्राहिमोविचले इटालियन सिरी ए मा दुई गोल गर्दै एसी मिलानलाई सिजनकै पहिलो जित दिलाएका छन्।
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं– जलाटन इब्राहिमोविचले इटालियन सिरी ए मा दुई गोल गर्दै एसी मिलानलाई सिजनकै पहिलो जित दिलाएका छन्।

२० सेम्टेम्बरबाट सुरु भएको घरेलु लिगमा मिलानले बोलोग्नालाई हराउँदै पहिलो जित निकाल्दा इब्राहिमोविचले गोल गरे।

मिलानको सान सिरो मैदानमा सम्पन्न खेलमा घरेलु टिमले २–० गोलअन्तरको जित निकाल्दा उनले दुवै गोल गरे। पहिलो हाफको ३५ औं मिनेटमा हर्नान्डेसले दिएको पासलाई उपयोग गर्दै इब्रिहिमोविचले हेडमार्फत् पहिलो गोल गरे।

त्यस्तै, उनले ५१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै दोस्रो गोल गरे। पहिलो हाफमा एक गोलले अघि रहेको टिम दुई गोलको अग्रतासँगै जित निकाल्यो।

यता खेलको ३१ औ मिनेटमै यल्लो कार्ड पाएका बोलोग्नाका माइकल डाइकले ८८ औं मिनेटमा एलेक्सिज सेलिमेकर्सलाई फउल गरेपछि रातो डबल यल्लो कार्ड खाँदै बाहिरिए।

मिलानले पहिलो जितसँगै ३ अंक जोडेको छ भने पराजित बोलोग्ना अंकविहिन छ।

सिरी एमा आज कुनै खेल छैनन्।
 

प्रकाशित: Sep 22, 2020| 00:40 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।