बिहीबार, असोज २२, २०८३

'कुल' पल शाह किन तनावमा?

शान्त र भद्र स्वाभावका अभिनेता पल शाह पछिल्ला दिनमा तनावमा छन्। झण्डै एक महिना भयो, उनी सार्वजनिक कार्यक्रमहरुमा पनि देखिएका छैनन्।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– शान्त र भद्र स्वाभावका अभिनेता पल शाह पछिल्ला दिनमा तनावमा छन्। झण्डै एक महिना भयो, उनी सार्वजनिक कार्यक्रमहरुमा पनि देखिएका छैनन्। फिल्मी मिडियाहरुमा पनि उनको उपस्थिति देखिँदैन। सञ्चारकर्मी र कार्यक्रमहरुबाट आफूलाई ओझेलमा राखेका पलबारे रजतपट वृत्तमा चासो र चर्चा स्वाभाविक छ।

‘पललाई भएको के हो?', हामीले अभिनेता पल सन्निकट एकजना मोडललाई सोधेका थियौं। ‘पलजी गसिपको मारमा पर्नुभएको छ। धेरै कुरा त मलाई पनि थाहा छैन तर फिल्मी दुनियाँ नै यस्तै छ’, उनले सुनाए, ‘गसिपको विषयमा चाहिँ नसोध्नुहोला, मलाई केही थाहा छैन।’ 

म्युजिक भिडियोबाट आफ्नो करिअर सुरु गरेका पल कोभिड कालमा फिल्म निर्माणको गति रोकिएपछि पुनः म्युजिक भिडियोमा सक्रिय छन्। हरेक गायकगायिका तथा म्युजिक भिडियो निर्देशकका लागि ‘रोज्जा कलाकार’ बनेका पल पछिल्लो दिनमा एक नवोदित गायिकासँगको सम्बन्ध र त्यसको आयामका कारण तनावमा रहेको गसिप सतहमा छ।

‘त्यस्तो खासै केही होइन, मैले थाहा पाएअनुसार केवल गसिपकै कारण पललाई मिडिया फेस गर्न अफ्ठेरो परिरहेको हो,’ उनी निकट अर्का एक फिल्मकर्मीले सुनाए, ‘कलाकारहरुबारे गसिप जहाँसुकै हुन्छ। हलिउडमा पनि हुन्छ, बलिउडमा पनि हुन्छ।’

रमाइलो त के छ भने, अभिनेता शाहको गसिपसँगै जोडिएकी अर्की पात्र अर्थात् ती गायिका पनि सार्वजनिक कार्यक्रम र मिडियाहरुबाट तर्कंदै हिँडिरहेको रिपोर्ट ‘थर्ड पेज’ सामग्री बन्न थालेको छ। उनी पनि एक प्रकारले तनावमा रहेको बताइन्छ। 

फिल्म–वृत्तभित्र सम्बन्धबारे चर्चा नौलो होइन। तर सम्बन्धले तरंगमात्र नभएर अरु कुनै जटिल आयाम पैदा गर्न थाल्यो भने त्यसले स्वयं ‘स्टार’हरुमा समेत दाग बनाउन थाल्छ। त्यसैले आफ्नो तनावको गहिराइ र उचाइ कति छ भन्ने अभिनेता पल शाह स्वयंलाई मात्र थाहा होला।

प्रकाशित: Sep 23, 2021| 17:18 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।