काठमाडौं– यसपालिको तीजमा ‘चरी जेलैमा’ बोलको गीत गाएर चर्चामा आएकी गायिका विष्णु माझीको दसैंतिहार लक्षित गीत सार्वजनिक भएको छ।
सपना म्युजिकको प्रस्तुति रहेको गीतको शब्द–संगीत सुन्दरमणि अधिकारीको छ। गीतमा महिमा आचार्यको कोरस छ भने शिव बिकको कोरियोग्राफी।
म्युजिक भिडियो ‘सपना म्युजिक इन्डस्ट्री’ युट्युब च्यानलबाट सार्वजनिक भएको छ। अपलोड भएको २४ घन्टा नबित्दै गीतले करिब ५ लाख भ्युज पाइसकेको छ।