शनिबार, असोज १७, २०८३

आवको पहिलो महिनामै १८.१ प्रतिशतले घट्यो रेमिट्यान्स

निरन्तर रुपमा बढिरहेको रेमिट्यान्स आप्रवाह चालू आर्थिक वर्षदेखि घट्न सुरु भएको छ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– निरन्तर रुपमा बढिरहेको रेमिट्यान्स आप्रवाह चालू आर्थिक वर्षदेखि घट्न सुरु भएको छ।

चालू आवको पहिलो पहिलो महिना साउनमा रेमिट्यान्स १८.१ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोड रुपैयाँमा सीमित भएको छ। गत आवको साउनमा अघिल्लो आवको सोही महिनाको तुलनामा २३ प्रतिशतले बढेर ९२ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो। 

गत आर्थिक वर्षभर भने ९ खर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ। गत आवमा विदेश जानका लागि अन्तिम श्रमस्वीकृति लिने नेपालीको संख्या १३ हजार ८०० जना छ। त्यस्तै, ११ हजार ६२८ जनाले पुनः श्रमस्वीकृति लिएको राष्ट्र बैंकले जनाएको छ। 

चालू आवको पहिलो महिनामा चालू खाता ४७ अर्ब ९० करोडले घाटामा  छ। अघिल्लो आवको सोही महिनामा चालू खाता २४ अर्ब ८९ करोडले बचतमा थियो। 

राष्ट्र बैंकका अनुसार पहिलो महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशतले कमी आई ४८ करोड ६ लाख कायम भएको छ। अघिल्लो वर्षको सोही महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ३९ करोड  थियो।

सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा छ। अघिल्लो आवको साउनमा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। 


प्रकाशित: Sep 23, 2021| 16:58 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्