आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रदेश प्रतिनिधिसँग एन्फा अध्यक्षले भने– फुटबलमा प्रविधिको प्रयोग बढाऔं

प्रदेश प्रतिनिधिसँग एन्फा अध्यक्षले भने– फुटबलमा प्रविधिको प्रयोग बढाऔं

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातै प्रदेशका एन्फा अध्यक्षसँग कुराकानी गरेको छ। एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बैठक गरेको हो।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातै प्रदेशका एन्फा अध्यक्षसँग कुराकानी गरेको छ। एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बैठक गरेको हो।

बैठकका लागि सातै प्रदेशका प्रमुख काठमाडौं आएका थिए। बैठकमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले अनलाइन प्रविधिको प्रयोग गरेर नजितामुखी काम गर्न उर्दी जारी गरेका छन्।

उनले भने, ‘हामी प्रविधिको प्रयोग गरेर कुनै पनि काम गर्नका लागि सहयोग गर्न तत्पर छौं।’ साथै एन्फा अध्यक्ष शेर्पाले प्रविधिमैत्री बन्न अनुरोध गरेका छन्। ‘विश्वभर फुटबल खेल धेरै टेक्निकल र मोडर्न बनिसकेको छ। यदि हामीले प्रविधिको प्रयोग गरेर यसबाट फाइदा लिन सकेनौँ भने पछि पर्नेछौं,’ उनले भने।

त्यस्तै, विभिन्न प्रदेशका प्रतिनिधिहरुले फुटबलको विकासका लागि ग्रासरुट खेलमा केन्द्रित रहनुपर्ने पनि बताएका छन्। एन्फाले कोरोना महामारीपछि पहिलोपटक प्रदेश प्रतिनिधि उपस्थित गराएर छलफल गरेको हो।

यसअघि उसले जिल्लाका प्रतिनिधिहरुसँग अनलाइनमार्फत भर्चुअल कुराकानी गरेको थियो। कोराना माहामारीपछि सरकारले खेलकुदका लागि अुनमति नदिँदा चैत पहिलो हप्ताबाट नेपालमा खेलकुद गतिविधि ठप्प छन्।

प्रकाशित: Sep 21, 2020| 11:24 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।