आइतबार, असार २८, २०८३

सिटीमै बस्न मन छ र योग्य पनि छु : ग्वार्डिओला

चार सिजन स्पेनिस क्लब बार्सिलोना र तीन सिजन जर्मन क्लब बायर्न म्युनिखमा प्रशिक्षण गरेका पेपले सिटीमा पाँचौं सिजन सुरु गर्न लागेका हुन्।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं– क्याटलान प्रशिक्षक पेप ग्वार्डिओला आज (सोमबार)देखि इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटीमा पाँचौं सिजन सुरु गर्दैछन्।

चार सिजन स्पेनिस क्लब बार्सिलोना र तीन सिजन जर्मन क्लब बायर्न म्युनिखमा प्रशिक्षण गरेका पेपले सिटीमा पाँचौं सिजन सुरु गर्न लागेका हुन्।

सम्झौताको अन्तिम सिजनमा प्रवेश गरेका ग्वार्डिओलाले आगामी सिजनका लागि पनि आफू योग्ग रहेको बताएका छन्। पेपले अहिलेसम्म सिटीलाई आफू इतिहाद रंगशालामै रहने विश्वास दिलाउन सफल छन्।

उनले क्लब छोडेरै गए पनि सिटीबाट प्रेरित भइरहने बताएका छन्। ‘यदि मैले क्लबमा इच्छा र जितको ज्वाला कम हुँदै गएको देखेँ भने यहाँबाट जानेछु,’ उनने भने, ‘म पहिलेभन्दा राम्रो गरी क्लबको व्यवस्थापन गर्ने तयारीमा छु।’

तर, सिटीले आजबाट सुरु गरेको सिजनले पनि भविष्य निर्धारण गर्ने कुरा उनी नकार्न सक्दैनन्। दुई सिजन लगातार लिग च्याम्पियन बनेको सिटी पछिल्लो वर्ष शीर्षस्थानको लिभरपुलभन्दा १८ अंक कम बनाएको थियो।

‘म यहाँ बस्न मन पराउँछु,’ उनले भने, ‘यो मैले मन पराएको ठाउँ हो, साथै म यहाँ बस्न योग्य पनि छु। क्लबले पछिल्लो दशकमा राम्रो गर्दै गएको छ जसको हिस्सेदार म पनि हो।’

म्यानचेस्टर सिटीले आज राति १ बजे वुल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: Sep 21, 2020| 09:43 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।