आइतबार, असार २८, २०८३

सिरी एको पहिलो खेलमा युभेन्टसको सहज जित

इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा सविक विजेता युभेन्टसले सम्प्दोरियामाथी सहज जित निकालेको छ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं- इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा सविक विजेता युभेन्टसले सम्प्दोरियामाथी सहज जित निकालेको छ।

युभेन्टसको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम ३-० गोलअन्तरले पराजित भएको हो। युभेन्टसको जितका लागि डेजन कुलुसेभ्स्की, लियोनार्दो बाउन्सी र क्रिस्टियानो रोनाल्डोले समान १–१ गोल गरे।

रोनाल्डोको पासमा कुलुसेभ्स्कीले गोल गर्दै १३ औं मिनेटमै सुरुवाती अग्रता बनाए। उनको गोलसँगै डिफेन्डिङ च्यम्पियनले पहिलो हाफमा १-० गोलले अघि रह्यो। त्यस्तै, युभेन्टसले दोस्रो हाफमा दुई गोल थप्यो।

७८ औं मिनेटमा कुलुसेभ्स्कीले डेन्जर जोनमा प्रहार गरेका पेनाल्टीलाई बाउन्सीले गोलमा बदले। त्यस्तै, ८८ औं मिनेटमा आरन रामजीले दिएको पासलाई रोनाल्डोले गोलमा परिणत गरेपछि युभेन्टसले लिगमा सुरुवाती जित निकालेको हो।

प्रशिक्षक आन्द्रे पिर्लोको प्रशिक्षणमा टिमले पहिलो जित निकाल्दा पिर्लोको प्रशिक्षणमा कुलुसेभ्स्कीले पहिलो गोल गरे। जितका साथ युभेन्टसले तीन अंक जोडेको छ भने पराजित साम्दोरिया अंकविहिन छ।

आईतबार राति सम्पन्न अन्य खेलमा जिनोआले क्रोटोनलाई ४–१ गोलले हराएको छ भने सौसेलोले क्यालिग्रिसँग १–१ गोलको बरबारी खेलेको छ।

सिरी एमा आज राति साढे १२ बजे मिलान र बोलोग्लाबीच प्रतिस्प्रर्धा हुँदैछ ।

प्रकाशित: Sep 21, 2020| 02:47 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।