आइतबार, असार २८, २०८३

फितलो खेल प्रस्तुत गरेको चेल्सी लिभरपुलसँग पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले चेल्सीलाई हराएको छ। पहिलो हाफबाटै दबाबमा रहेको चेल्सीले घरेलु मैदान स्टामफर्ड ब्रिजमा २–० गोलअन्तरको हार बेहोरेको हो।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले चेल्सीलाई हराएको छ। पहिलो हाफबाटै दबाबमा रहेको चेल्सीले घरेलु मैदान स्टामफर्ड ब्रिजमा २–० गोलअन्तरको हार बेहोरेको हो।

यता लिभरपुलका जितका लागि दुवै गोल साडियो मानेले गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा मानेले खेलको ५० औं र ५४ औं मिनेटमा गोल गर्दै लिभरपुललाई जित दिलाए।

रोबर्टो फर्मिनोले दिएको पासलाई हेडमार्फत् गोल गर्दै मानेले पहिलो गोल गरेका थिए। त्यस्तै चेल्सीका गोलकिपर केपा एरिजाबालागाले पास दिएको बल खोस्दै दोस्रो गोल गरे।

यता खेलको ७३ औं मिनेटमा लिभरपुलका थियागोले जर्मन फरवार्ड टिमो वेर्नरलाई डि बक्समा लडाएपछि चेल्सीले पेनाल्टी पाएको थियो। जर्गिन्होले प्रहार गरेको पेनाल्टी किपर एलिसनले बसमा पारेपछि चेल्सीको गोल गर्ने सपना अधुरै रह्यो।

यता पहिलो हाफको अतिरिक्त समयमा चेल्सीको आन्द्रेस क्रिस्टियनले लिभुरपुलका मानेलाई फल गरेपछि रेड कार्ड खाँदै बाहिरिएका थिए। पहिलो हाफमै १० खेलाडीमा सिमित चेल्सी खेल अवधिभर दबाबमा रह्यो।

जारी सिजनको दोस्रो खेलमा पहिलो हार बेहोर्दै चेल्सी ३ अंकका साथ १० औं स्थानमा छ भने दुवै खेलमा जित निकाल्दै ६ अंक बनाएको लिभुरपुल चौथो स्थानमा छ भने समान ६ अंक बनाएको लेस्टर सिटी शीर्षस्थानमा छ।

त्यस्तै, आइतबार राति सम्पन्न अन्य खेलमा ब्राइटोनले न्युकासललाई ३–० गोल अन्तरले हराएको छ। लेस्टर सिटीले बर्नलीलाई ४–२ गोलअन्तरले हराएको छ।

ईपीएलमा आजका खेल
एस्टोन भिल्ला र सेफिल्ड युनाइटेड, राति पौने ११ बजे
वुल्भ्स र म्यानचेस्टर सिटी, राति एक बजे

प्रकाशित: Sep 21, 2020| 01:52 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।